अरब लिगद्वारा सिरियामा इजरायली आक्रमणको निन्दा

Thursday February 27, 2025

पढ्न लाग्ने समय :


अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइतले बुधवार सिरियाली क्षेत्रहरूमा हालै गरिएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । एएलको अबुल–घेइतले इजरायली आक्रमणलाई अवैध वास्तविकता स्थापित गर्न सिरियामा राजनीतिक संक्रमणको फाइदा उठाउने लापरवाह उत्तेजना र वृद्धिको रूपमा वर्णन गर्नुभयो । उहाँले सिरियाली क्षेत्रहरूमा कुनैपनि इजरायली कब्जा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायलाई थप निन्दा गर्न आह्वान गर्नुभयो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दक्षिणी सिरियाको पूर्ण निशस्त्रीकरणको लागि आह्वान गरेको हालैको टिप्पणी पछि, मंगलवार राति दक्षिणी सिरियामा इजरायली हवाई आक्रमण तिब्र पारिएको छ  । धेरै सैन्य स्थलहरूलाई लक्षित गरिएको छ । सिरियाली अन्तरिम सरकारले आक्रमणको निन्दा गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।