अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण गर्दै

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ:  अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्। अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिवार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो।

आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्। इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ।

इजरायलले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई विद्यालयमा विस्फोट हुँदा ५१ जना विद्यार्थी मारिएको कतारस्थित अल जजिरा टेलिभिजनले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठुलो सैन्य कारबाही सुरु गरिएको बताउँदै यस अवसरमा त्यहाँको अतिवादी सत्ता परिवर्तन गर्न इरानी नागरिकलाई आह्वान गरेका छन।

अमेरिकी समाचार संस्था एपीले दुई जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको बताएका छन्। गत वर्षको जुलाईमा इजरायल र इरानबिच युद्ध हुँदा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा भीषण आक्रमण गरेको थियो।

त्यति बेला इरानका ठुला तीन वटा आणविक केन्द्रमा अमेरिकाले शक्तिशाली जिबियु–५७ बम खसालेको थियो। अमेरिकाले त्यति बेलै कामै नलाग्ने गरी ध्वस्त बनाएको भनिएका आणविक केन्द्रहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ।

ओमान र जेनेभामा पटक पटकको वार्ता भए पनि इरान सहमतिमा नआएपछि अमेरिकाले इरानतर्फ मध्यपूर्वका विभिन्न क्षेत्रमा अत्याधुनिक युद्धपोतसहितको सैन्य शक्ति तैनाथ गरेको छ।

अमेरिकी टेलिभिजन संस्था सिएनएनले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर इरानमा इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेको जनाएको छ।

तेहरानमा प्रत्यक्षदर्शीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालयनजिक पहिलो विस्फोटको आवाज सुनेको बताएका छन्। सहरको केन्द्र भागबाट धुवाँका बाक्लो मुस्लो उठेको देखिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।