अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

Friday May 10, 2024

पढ्न लाग्ने समय :


काठमाडौँ । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ।

त्यसका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को उद्घाटन गरिएको छ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवलपरासीमा रहेको प्लान्टको उद्घाटन गरेका हुन्।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले दक्षिण कोरियाली कम्पनी हुन्डाईको एसेम्बलिङ प्लान्ट खडा गरेको हो।

दक्षिण कोरियाली राजदूत पार्क थेयङले गत चैतमा नै मेबाट प्लान्ट सञ्चालनमा आउने बताएका थिए। सोहीअनुसार आज प्लान्टको अनावरण गरिएको हो।

नवलपरासीको रामग्राम नगरपालिका ६ मा उक्त प्लान्ट छ। यसबाट वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ।

प्लान्ट सञ्चालनमा आएसँगै सयौँले रोजगारी पाउने बताइएको छ। यो प्लान्टबाट हुन्डाईका भेन्यु कार एसेम्बल्ड हुनेछन्। अब पार्टपुर्जा आयात गरी यही प्लान्टबाट गाडी तयार हुनेछ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।