अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताका लागि नागरिक समाजलाई नेत्रहीन युवा संघ”को अभिमुखीकरण

Thursday August 6, 2026

पढ्न लाग्ने समय :


धनगढी । शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा कार्यरत नागरिक समाज संस्थाहरूलाई अपाङ्गताप्रति थप संवेदनशील र उत्तरदायी बनाउने उद्देश्यले धनगढीमा एकदिने अपाङ्गता सम्बन्धी सचेतना अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ।

“समावेशिताको प्रवर्द्धन, अधिकारको सम्मान र पहुँचयुक्त तथा समावेशी समाजको निर्माण” भन्ने मूल नारासहित नेत्रहीन युवा संघ नेपाल, कैलालीले बिहीबार उक्त कार्यशालाको आयोजना गरेको हो। कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा बालअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यशालामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, समावेशी विकास, पहुँचयुक्त सेवा प्रवाह, समान अवसरको सुनिश्चितता तथा अपाङ्गतामैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूलाई अपाङ्गताप्रति सकारात्मक सोच विकास गर्दै आफ्ना संस्था तथा कार्यक्रमलाई थप समावेशी र पहुँचयोग्य बनाउने विषयमा नेत्रहीन युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रामचन्द्र गैरैले अभिमुखीकरण गर्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिप्रति समाजका व्यक्ति मात्र नभई संरचना र प्रणाली पनि उत्तरदायी हुनुपर्नेमा जोड दिँदै यसका लागि संघ निरन्तर सक्रिय रहेको बताउनुभयो।

त्यसैगरी, नेत्रहीन युवा संघ नेपाल कैलालीका अध्यक्ष हिमाल रोकायाले समाजका हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी बोलन्या थली संस्थाका प्रतिनिधि पदमबहादुर शाहुले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा सहज सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा उपयोगी जानकारी प्राप्त भएको बताउनुभयो।

यस्तै बिकासका लागि युुवा एक्यबद्धता यार्ड की प्रतिनिधि सुमिता खड्काले अपाङ्गतामैत्री वातावरण निर्माणमा जिम्मेवार निकायहरूको भूमिकाबारे थप बुझ्ने अवसर मिलेको र त्यसलाई संस्थागत रूपमा कार्यान्वयन गर्ने ज्ञान हासिल भएको उल्लेख गर्नुभयो।

राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमका अध्यक्ष नन्दराज भट्टले यस्ता प्रशिक्षणले विभिन्न निकायबीच सहकार्य बढाई अपाङ्गता अधिकार संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै महासंघले पनि यस क्षेत्रमा सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा भोग्ने चुनौतीहरूको अनुभव गराउने उद्देश्यले व्यावहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको सम्मान, अधिकार संरक्षण तथा समाजमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारी निकाय, नागरिक समाज, निजी क्षेत्र र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।

सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिमाथि हुने विभेद न्यूनीकरण, समावेशी समाज निर्माण तथा सबैका लागि समान अवसर सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।