अन्तरिम सरकारका मन्त्रीहरुबारे छलफल सुरु

Friday September 12, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २७ गते ।

पूर्वप्रधानन्यायाधीस सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने टुंगो लागेपछि मन्त्रीहरुबारे छलफल सुरु भएको छ । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीबीचको छलफलपछि उनलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने टुंगो लागेको हो । पूर्वप्रधानन्यायाधीस कार्कीलाई आजै (शुक्रबार) राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ ।

शपथको तयारीसँगै कार्की मन्त्रिपरिषद् गठनको तयारीमा जुटेकी छन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई मन्त्रीहरूबारे निर्णय गरेर आउन भनेका छन् । ‘सरकार तपाईँले चलाउने हो, सल्लाह गरेर सूची ल्याउनुहोला,’ राष्ट्रपतिको भनाई उधृत गर्दै स्रोतले भनेको छ ।

कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नेबारे बिहीबार नै सहमति जुटेको थियो, तर संसद विघटनका विषयमा भने सहमति जुट्न सकेको थिएन । दुवै पक्ष आ–आफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा जेनजी अभियन्ताको चेतावनी र सेना प्रमुखको संकटकालको अवस्था आउन सक्ने सुझावपछि संसद् विघटन गर्ने सहमति जुटेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।