अध्यादेश हामीले रोकेका हौँः माधव नेपाल

Saturday February 15, 2025

पढ्न लाग्ने समय :


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौति दिनुभयो । उहाँले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरुलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताउनु भयो । अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको बताउनु भयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल ग¥यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल ग¥यौँ । दुवैले सल्लाह ग¥यौँ । प्रचण्डजीले तपाईंले भुमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरु बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरुको बारेमा चुनौति दिँदै यदी यसलाई रोक्ने काम गरेनौ भने संसदको विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’

अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताउनु भयो । एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउनु भयो । एमाले पार्टीको रुपमा नचलेको पनि बताउनु भयो ।


भर्खर

सुदूरपश्चिममा बजेट अधिवेशन आरम्भ

धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भ भएको छ। आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य

देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ