अध्यादेश संवैधानिक हो, अस्वीकार गर्नुको औचित्य छैनः सांसद शेर्पा

Monday February 10, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले अध्यादेश संवैधानिक भएकाले अस्वीकार गर्नुको कुनै कारण नरहेको बताउनुभएको छ ।  आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेश संवैधानिक व्यवस्था भएकाले सबैले स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो । विगतमा अध्यादेश आफ्नो स्वार्थका लागि आएको भन्दै अहिले स्वार्थ केन्द्रित अध्यादेश नभएको बताउनु भयो । उहाँले जनताको हितमा, लगानीमैत्री वातावरण बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि अध्यादेश ल्याइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अध्यादेश संवैधानिक व्यवस्था हो । संवैधानिक व्यवस्था सबैले स्वीकार्नुपर्छ । हामी संवैधानिक व्यवस्थालाई स्वीकार्ने अधिकार लिने तर आफूलाई पायक पर्दा स्वीकार्ने, पायक नपर्दा अस्वीकार गर्ने जुन किसिमको हाम्रो प्रवृत्ति छ, त्यसलाई निरुत्साहित गर्नुपर्छ । अध्यादेश विगतमा पनि आएका थिए । तर विगतमा आफ्नो स्वार्थका लागि अध्यादेश ल्याइएको थियो । जस्तो पार्टी फुटाउने । पार्टी फुटाइसकेपछि, आफ्नो स्वार्थ पूरा भइसकेपछि फेरि अध्यादेश निष्क्रिय बनाउने गरिएको थियो । तर वर्तमान सरकारले अध्यादेश जनताको हितमा ल्याएको छ, लगानीमैत्री बनाउन, सुव्यवस्थित समाज निर्माणका लागि ल्याएको छ ।’
उहाँले द्रुत गतिमा संसदमा काम गर्न नसके देशलाई अग्रगति दिन नसकिने बताउनु भयो ।


भर्खर

चिकित्सकमाथिको हिंसाविरुद्ध, नेपाल चिकित्सक संघको प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र ,इमर्जेन्सी बाहेकका सेवा बन्द

नेपाल चिकित्सक संघ, सुदूरपश्चिम प्रदेश शाखाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग