अदालतबाट ९० लाख जरिवाना ठहर भएका थापा पक्राउ

Tuesday August 2, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ९० लाख जरिवाना ठहर भएका एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ९० लाख जरिवाना ठहर भएका खोटाङको दिक्तेल घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ थापालाई ९० लाख भएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । फरार रहेकी थापालाई ललितपुरको बगलामुखीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको कार्यालयले जनाएको छ ।


भर्खर

धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

धनगढी : कैलालीको धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन

करेन्ट लागेर ७ वर्षीया बालिकाको मृत्यु

कैलालीः गोदावरी नगरपालिका–३ स्थित नवज्योति आधारभूत विद्यालय परिसरमा विद्युतको नाङ्गो तारबाट करेन्ट लागेर ७ वर्षीया

प्रहरी सहायक निरीक्षक पाध्या सम्मानित

धनगढी :  प्रहरी सहायक निरीक्षक सुभाषकुमार पाध्या सम्मानित भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, दोलखामा