धनगढीमा दुई दिने विकास पत्रकारिता तालिम

Thursday April 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढीमा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले तालिमको आयोजना गरेको हो।

दुई दिनसम्म आयोजना हुने तालिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले उद्घाटन गरे । त्यस क्रममा उनले आम सञ्चार विधेयक नीति पास गरेर प्रदेश सरकारले आम सञ्चार विधेयकलाई अगाडि बढाएको बताए । उनले भने,“अस्तीको बैठकमा त्यसलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । सदन चलेपछि त्यसमाथि छलफल गरेर अगाडि बढाइने छ ।”

यो विधेयक पास भएमा भोलिका दिनमा पत्रकारबाटै एक जना प्रेस रजिस्ट्रार राखिने मन्त्री सार्कीको भनाइ थियो । उनले आगामी आर्थिक वर्षमा पत्रकारिताको विकासका लागि आवश्यक बजेट विनियोजन गरिने भन्दै पत्रकारिताको विकास पनि आवश्यक रहेको औँल्याए ।

तालिममा सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाबाट पत्रकारको सहभागिता रहेको छ । तालिमको सहजीकरण महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले गरिरहेका छन। महासङ्घका प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।

 


भर्खर

कैलाली उद्योग वाणिज्य संघको टोली त्रिनगर-गौरीफन्टा नाकामा

धनगढीः कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन गरेको छ। एक सय रुपैयाँ बढीको सामान

बाजुरामा सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा

भारतमा दुवै हातखुट्टा भाँचिएका रुपेशको माया मेट्रोले ग¥यो निःशुल्क शल्यक्रिया

धनगढी : बैतडीको दशरथचन्द नगरपालिकाको निग्लासैनका १६ वर्षीय रुपेश भुलको माया मेट्रो अस्पतालले निःशुल्क शल्यक्रिया