अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द

Thursday May 2, 2024

पढ्न लाग्ने समय :


रुपन्देही । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा सार्वजनिक बिदा दिएको छ।

बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै बैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको उल्लेख गरेको छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकोले बैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै बिद्यालयमा बिदा दिन निर्देशन दिइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।