अछाम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका स्वाँर विजयी

Saturday March 7, 2026

पढ्न लाग्ने समय :


अछाम : अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन। उनले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावललाई ५२८ मतान्तरले पराजित गर्दै जित निकालेका हुन।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भरतकुमार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरे।

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३८६ मत प्राप्त गरेका छन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७३७ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख छ।

विजयी स्वाँर अछाम जिल्लाका पूर्व जिविस सभापति र नेपाली कांग्रेस अछामका पूर्व सभापति हुन।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।