अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ

Monday August 25, 2025

पढ्न लाग्ने समय :3-5 Min


 

अछामः अछाममा विभिन्न किसिमका ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको साँफेबगर नगरपालिका–८ बयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाइ चेकजाँच गर्दा मोटरसाइकल चालक बान्नीगडी जयगढ गाउँपालिका–५ बस्ने १९ वर्षीय राकेश साउँदको साथबाट प्रिगाबालिन– ६०, ट्रामावेल– २६ ट्याब्लेट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै साँफेबगर नगरपालिका–४ एयरपोर्ट बजार स्थित न्यू बुढा होटलमा लागूऔषध कारोबार भईरहेको सूचनाको आधारमा सोही ठाउँ बस्ने ३० वर्षीय कृष्ण बुढाले सञ्चालन गरेको उक्त होटलमा खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ट्रामावेल ३६, निमाडोल–२०, प्रिगाबालिन–३५, लोसपास–६९, दुलोसित–२०, एजिथ्रोमेसि–२०, सेतिमेक्स–५ र डिक्लोफेनासोडियम–५ ट्याब्लेटसहित बुढालाई पक्राउ गरिको छ। दुवै जनालाई इलाका प्रहरी कार्यालय बयलपाटा, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।