अग्निपथमा भर्ना रोके हामीलाई नै नोक्सान हुने हो
पढ्न लाग्ने समय :
काठमाडौं । संयुक्त भूतपूर्व सैनिक तथा प्रहरी कल्याणकारी महासंघका अध्यक्ष धनबहादुर थापाले भारतको अग्निपथ सेनामा नेपाली युवालाई भर्ना हुन दिनुपर्ने बताएका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै अध्यक्ष थापाले अग्निपथमा भर्ना हुन रोक लगाउन नहुने बताएका हुन् । उनले भर्ना रोकेर आफैंलाई नोक्सान गरिरहेको बताए । उनले अग्निपथ जस्तै यसअघि रिजर्भ भन्ने सिस्टम भएको बताए ।
कसैले रोजगार पाउँछ भने किन भर्नामा रोक्नु भन्दै प्रश्न गरे । उनले हामीले रोके भारतीय नागरिकलाई भारतले भर्ना गर्ने भएकाले यसबाट नेपाललाई बेफाइदा हुने बताए ।