अक्सफोर्डको १६ओैँ वार्षिकोत्सव सम्पन्न

Sunday February 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढी उप महानगरपालिका वडा नम्बर–४ स्थित अक्सफोर्ड रिडेक्स (आवर) सेकेन्ड्रि स्कुलको १६औँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रम गरी मनाइएको छ ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रा.डा पदमराज जाेशी प्रमुख अतिथि रहेका थिए ।

जाेशीले विद्यार्थीलाई प्रविधिसँग जोडेर संस्कार युक्त शिक्षा प्रदान गर्नु आजको आवश्यकता हुने बताए । अक्सफोर्डका विद्यार्थी सानै उमेरदेखि योग ध्यानमा सहभागी भएको थाहा पाएको बताउँदै उनले भने, ‘योग र ध्यानले विद्यार्थीलाई अनुशासित र धैर्यवान् बनाउँछ, अक्सफोर्डको यो अभ्यास अहिले सम्मकै नौलो अभ्यास भएको देखेको छु, यसले विद्यालयको उचाई बडाउने अपेक्षा छ ।’ पछिल्लो समय प्रविधिको तीव्र विकास हुदा विद्यार्थीको चाहाना र रुचि फरक हुन सक्ने उनले बताए । एआईको विकास सबै क्षेत्रका लागि चुनौतीको विषय बनेको छ,’ जाेशीले भने, ‘त्यसको अवस्थामा शिक्षकको भूमिका चुनौतीपूर्ण बनेको छ, यसबाट कसरी सुरक्षित हुने भन्ने सोच्नु जरुरी छ ।’

कार्यक्रममा नाष्टका संस्थापक शिवहरि मुड्भरीले विद्यार्थीलाई संस्कारी बनाउनु अहिलेको चुनौती भएको औल्याए । ‘आज विद्यार्थीले शिक्षकलाई नटेर्ने अवस्था आएको छ, यस्तो अवस्थाले भोलि समाजमा नैतिकताको खडेरी पर्न सक्छ, त्यस तर्फ विद्यालय मात्र नभई अभिभावक पनि जिम्मेवार बन्नु आवश्यक छ ।’ कार्यक्रममा नाष्ट कलेजका प्राचार्य उपेन्द्र बम, तुलसीराम राष्ट्रिय माविका प्रधानाध्यापक सिताराम जोशी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष ललितराज पन्त लगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताले छोटो समयमा अक्सफोर्डले उल्लेखनिय प्रगति गरेको भन्दै प्रसंसा गरेका थिए । वार्षिकोत्सव कार्यक्रम अवसरमा अक्सफोर्डले विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थी, कक्षाका उत्कृष्ट विद्यार्थी, अनुशासन, लगायतका विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

आगामी वर्ष देखि कक्षा ११ सम्म सञ्चालन गर्ने लक्ष्य

अक्सफोर्ड रिडेक्स (आवर) सेकेन्ड्रि स्कुल आगामी शैक्षिक सत्रदेखि कक्षा ११ सम्म सञ्चालन हुने भएको छ । अभिभावकको सुझावलाई मध्यनजर गरी आगामी शैक्षिक सत्रदेखि कक्षा १२ सम्म सञ्चालन गर्ने तयारी अघि बढाइएको विद्यालयका प्रधानाध्यापक लोकराज पन्तले बताए । कक्षा ११ सम्म पठन पाठन गर्न पर्याप्त भौतिक संरचनाको व्यवस्थापन भइसकेको उनले बताए । ‘विद्यालयको आफ्नै सुविधा सम्पन्न तीन तले भवन निर्माण गरेका छौं,’ प्रधानाध्यापक पन्तले भने, ‘अहिले अध्यायनको अनुमतिका लागि प्रकृया भइरहेको छ, अनुमति पाए आगामी शैक्षिक सत्र देखिनै प्लस टू सम्मका कक्षा सञ्चालन हुने छन् ।’

प्रधानाध्यापक पन्तका अनुसार हाल अक्सफोर्डमा ५ सय जना भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । शिक्षक तथा अन्य कर्मचारी सहति अक्सफोर्डमा ३५ जनालाई रोजगारी प्रदान गरिएको पन्तले बताए ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट