२७ वर्षदेखि बन्द टिकापुर विमानस्थल अब नियमित सञ्चालनमा

Sunday December 15, 2024

पढ्न लाग्ने समय :


कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आईतवारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको छ । पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टिकापुरको विमानस्थल ओझेलमा परेको र आझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताउनु भयो । उहाँले फलतः अहिले विमानस्थल सञ्चालनमा आएको र टिकापुरकै सम्पती भएको बतउनु भयो । पटक पटकको छलफलबाट विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको बताउनु भयो ।

विमान अवतरणका क्रममा सयौँको सङ्ख्यामा उपस्थित स्थानीयले भव्य स्वागत गरेका थिए ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको