२०२५ मा हसाउन अमेरिका जाँदै कमेडी दरबारको टिम

Sunday December 22, 2024

पढ्न लाग्ने समय :


कमेडी दरबारको टिमले २०२५ मा अमेरिकामा कार्यक्रम गर्ने भएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । २०२५ मा अमेरिकाका विभिन्न शहरहरुमा तीन कार्यक्रम वटा कार्यक्रम गर्ने आयोजक टिमले जनाएको छ । कार्यक्रमहरुमा अब सुन्छ अमेरिका, अब हाँस्छ अमेरिकाको पार्ट २ र अब गाउँछ अमेरिका रहेका छन् । अमेरिकामा रहनुभएका नेपालीहरुको आग्रहमा कार्यक्रम गर्न लागिएको कलाकार विक्की अग्रवालले बताउनु भयो ।

कार्यक्रममा गायिका रचना रिमाल,एलिना चौहान, स्ट्याण्डअप कमेडियन सुमन कार्की, गजलकार प्रदीप रोदन र कमेडी दरबारको टिमका सदस्यहरु बिक्की अग्रवाल, सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), मिस पबी, सुजाता श्रेष्ठ आदिको उपस्थिति रहने बताइएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको