होलिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बिश्वास छ : प्रदेश प्रमुख मियाँ 

Monday March 2, 2026

पढ्न लाग्ने समय :


धनगढी: सुदूर पश्चिम प्रदेश प्रमुख मियाँले  फागुपूर्णिमा (होली) पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्

फागुपूर्णिमा (होली) २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै   होली पर्वले आपसी रिसराग त्यागी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका छन् ।

`बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो समाजमा यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायबीचको आपसी सम्बन्ध सुदृढ गर्दै सामाजिक सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छन्,´ शुभकामना सन्देशमा उल्लेख छ।

प्रदेश प्रमुख मियाले  होली पर्वले सबै नेपालीमा खुसीका रङहरू छर्दै नयाँ उमङ्ग र हौसलाका साथ आपसी विश्वास, प्रेम र एकतालाई प्रगाढ बनाउँदै मुलुकको समग्र प्रगतिमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका