हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम

Friday October 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार ,
इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ।

तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो। राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन्।

 


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न