हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम

Friday October 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार ,
इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ।

तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए। यससँगै नेपालका विपीन जोशी पनि रिहाइ हुने आश गरिएको थियो। राजदूत पण्डितले भने जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन्।

 


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि