हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

Thursday October 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ। इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ।

जुन इजरायली समय अनुसार बुधबार साँझ सार्वजनिक गरिएको बन्धक परिवार फोरमले जनाएको प्रस्ट पारेको छ। जेरुसेलम पोस्टमा छापिएको खबर अनुसार नेपाली बन्धक विपिन जोशीको इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त भिडियो फोरमको पहलमा सार्वजनिक गरिएको हो।

फोरमको वक्तव्यमा भनिएको छ, गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी तपाईंहरूसँग साझा गर्दै छौँ, हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ। भिडियो उनलाई बन्धक बनाएको केही समयपछि खिचिएको अनुमान गरिएको छ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै