हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

Thursday October 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ। इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ।

जुन इजरायली समय अनुसार बुधबार साँझ सार्वजनिक गरिएको बन्धक परिवार फोरमले जनाएको प्रस्ट पारेको छ। जेरुसेलम पोस्टमा छापिएको खबर अनुसार नेपाली बन्धक विपिन जोशीको इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त भिडियो फोरमको पहलमा सार्वजनिक गरिएको हो।

फोरमको वक्तव्यमा भनिएको छ, गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी तपाईंहरूसँग साझा गर्दै छौँ, हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ। भिडियो उनलाई बन्धक बनाएको केही समयपछि खिचिएको अनुमान गरिएको छ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि