स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्य स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन, प्रथमलाई ५१ हजार

Friday February 14, 2025

पढ्न लाग्ने समय :


नयाँ पुस्तामा स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्यले हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको छ । शुक्रवार काठमाडौंको टुँडिखेलमा संघले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको हो । संघले परीक्षाको उद्देश्य नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्व संस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्य लिएको जनाएको छ ।

संघले विगतका वर्षहरुमा पनि यसखाले परीक्षाहरु सञ्चालन गरेको र यस वर्ष पनि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रम त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक ता स्कुल अफ म्यानेजमेण्टका सहनिर्देशक फूलप्रसाद सुवेदीको संयोजकत्वमा आयोजना गरेको बताएको छ । कार्यक्रममा उपत्यकाका तीन जिल्लाबाटै विभिन्न विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत पाँच हजार भन्दा बढी विद्यार्थीको सहभागिता रहेको आयोजकको भनाइ छ । ३० मिनेटको परीक्षामा प्रथम हुनेले ५१ हजार, दोस्रो हुनेले ३१ रु तेस्रो हुनेले २१ हजार तथा सान्त्वना ५० जनालाई एक हजार प्रदान गरिने आयोजकको भनाइ छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको