सेहरी–बेली–धनगढी सडक कालोपत्र गर्नेलाई भोट

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ सेहरीका लभरु नाराले हरेक दिन गाईंभैसीको दूध सङ्कलन गर्दै आएका छन।

लभरु दैनिक दुई पटक धनगढी आउने जाने गर्छन। लभरुले हरेक दिन बिहान एक सय ५० लिटर र साँझ ४० लिटर दुध सेहरीबाट धनगढीका डेरीहरुमा पुगाउछन्। तर, खराब सडकका कारण बाटोमा दुध पोखिने समस्या रहेको उनले बताए। लभरु मोटरसाइकलमा दूध बोक्दै आएका छन्। मोटरसाइकलमा सेहरीबाट ३० मिनेटमा धनगढी पुग्न सकिने भएपनि खराब सडकका कारण एक घण्टा बढी समय लाग्ने गरेको उनले बताए। उनले भने, ‘सेहरीबाट धनगढी धेरै टाढा हैन। तर, बाटो खराब भएका कारण समय लाग्छ। हाम्रा लागि बाटो अनिर्वाय हो। किसानका लागि, विद्यार्थीका लागि, बिरामीका लागि यो बाटो अनिर्वाय हो।’

सडक कालोपत्र नभएका कारण सेहरीका किसान, विद्यार्थी, बिरामी तथा गर्भवती महिलाहरुले बढी समस्या भोग्दै आएका छन्। सहेरीबाट गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेसम्म कालोपत्र सडक छ। तर, सेहरी–धनगढी सडकको जङ्गल क्षेत्रमा सडक कालोपत्र गरिएको छैन। हरेक निर्वाचनमा नेताहरूले सेहरी–धनगढी सडक कालोपत्र गर्ने आश्वासन दिदै आएका छन्। तर, अहिलेसम्म सो सडकमा राम्ररी ग्राभेल समेत गरिएको छैन। सो सडकमा दैनिक सयौको सङ्ख्यामा ट्याक्टर तथा ट्रिपरहरु गुुड्ने गरेका छन्। खाल्डा खाल्डुका कारण ट्याक्टर चलाउन समेत निकै कठिनाइ हुने गरेको ट्याक्टर चालक रामदिपाल राना बताउछन्। उनले भने, बाटो बनाउछौ भन्छन। तर, जितेपछि बनाउदैनन। खुटियाबाट आधा घण्टामा धनगढी पुगिने हो। तर, खराब बाटोका कारण समय लाग्छ। खुटियाबाट धनगढी १३÷१४ किलोमिटर होला।’

सेहरीका विद्यार्थीहरु धनगढीका विद्यालय तथा कलेजहरुमा अध्ययन गर्दै आएका छन्। सडक खराब भएका कारण उनीहरू धनगढीमा डेरा गरेर बस्ने गरेका छन्। धनगढी–बेला–सेहरी सडकको जङ्गल क्षेत्रमा कालोपत्र नभएकाले विद्यार्थीहरूले महङ्गो भाडा तिरेर धनगढीमा डेरा गरेर बस्नु परेको छ । निर्वाचनमा भोट माग्न आउदा सडक बनाउने आश्वासन दिने नेताहरूले निर्वाचन पछि बिर्सिने गरेको स्थानीय शेरबहादुर बोहराले बताए। उनले भने, ‘हाम्रो बजार धनगढी हो। तर, धनगढी जान बाटोको समस्या छ। निर्वाचनको समयमा नेताहरु आउछन्। बाटो बनाउछौ भन्छन। तर, बाटो बनाउदैनन्। बाटोका कारण दुःख पाएका छौ। बाटो बनाउने नेतालाई भोट दिने गरेका छौ। यो पटक पनि यही गर्ने सोच बनाएका छौ।’

प्रत्येक निर्वाचनमा सेहरी धनगढी सडक कालोपत्र गर्ने राजनीतिक दल तथा नेताहरूको आश्वासन सुनेर वाक्कदिक्क भएका सेहरीबासीहरू अब आश्वासन नभई ठोस प्रतिबद्धताको प्रतीक्षामा रहेका छन्।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार