सेती अस्पतालबाट भागेका थुनुवा पक्राउ

Friday April 10, 2026

पढ्न लाग्ने समय :


धनगढी : सेती प्रादेशिक अस्पताल उपचारका लागि लगिएको अवस्थामा भागेका लागूऔषध मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको निगरानीमा रहेका बेला शुक्रवार राति अस्पतालबाट भागेका धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी–९ को बाङ्ग्रा कटानबाट पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले रानालाई भारततर्फ भाग्दै गरेको अवस्थामा अहिले ९ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिए । उनकाअनुुसार रानालाई जिप्रकातर्फ ल्याइदैछ ।
रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो। बिहीबार साँझ करिब ५ बजेतिर मिर्गी आएर ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो।
तर, उपचारकै क्रममा होस खुलेपछि प्रहरीको निगरानीमा रहेका राना राति करिब पौने ९ बजेतिर अस्पतालबाट फरार भएका थिए। त्यसपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा