सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वानको माग

Friday March 20, 2026

पढ्न लाग्ने समय :


धनगढी :  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेको छ ।
नेकपा संसदीय दलका नेता खगराज भट्टले शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाउदै एक साताभित्र प्रदेश सभाको नियमित अधिवेशन आह्वान गर्न माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपाले प्रदेश सभाको छैटौं अधिवेशन अन्त्य भएर अहिलेसम्म हिउँदे अधिवेशन नबोलाइएकोप्रति असन्तुष्टि जनाएको छ । प्रदेश सभाको नियमित अधिवेशन आह्वान नभएका कारण बैठक बस्न सकेको छैन ।

चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन अत्यन्तै कमजोर रहेको, सुशासन कायम गर्न नसकेको, सञ्चार माध्यममार्फत विभिन्न गुनासा बाहिरिएको र प्रदेश सभा सचिवालयमा दर्ता भएका विधेयकहरू पारित प्रक्रियामा अघि बढ्न नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रदेश सभाको बैठक नबसेका कारण सार्वजनिक सरोकारका यी विभिन्न मुद्दामा निर्वाचित प्रदेश सभा सदस्यले प्रश्न उठाउन नपाएको नेकपाले जनाएको छ । प्रदेश सरकारले आफ्ना कार्यकर्ता खुशी बनाउन राजनीतिक नियुक्ति गरिरहेको, मुख्यमन्त्रीमाथि लागेको भ्रष्टाचार सम्बन्धी आरोपको छानविन प्रक्रिया अघि नबढाइएको कुरामा समेत ध्यानाकर्षण गराएको छ ।

जननिर्वाचित सांसदहरूले सरकारका कामकारबाहीबारे प्रश्न गर्ने मुख्य थलो नै संसद भएकाले संसद बन्द रहँदा जनप्रतिनिधिको भूमिकामा अवरोध भएको नेकपा संसदीय दलको भनाइ रहेको छ । ध्यानाकर्षण पत्रमा नेकपाले सरकारलाई प्रदेश सभाको नियमित अधिवेशन बोलाउन एक साताको समय दिएको छ ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश