सुदूरपश्चिमले बागमतीलाई हरायो

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले वागमती प्रदेशलाई १६३ रनले पराजित गरेको छ ।

जनकपुरस्थित रामजानकी बहुउद्‍देश्यीय स्टेडियममा आइतवार भएको खेलमा २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमा अलआउट भएको हो । जारी प्रतियोगितामा यो सुदूरपश्चिमको पाँचौँ जित हो ।

बागमतीका लागि शुभ कंशकारले ३२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामीले ह्याट्रिकसहित ७ विकेट लिए । उनले २.४, २.५ र २.६ ओभरमा आफ्नो ह्याट्रिक विकेट लिए । हेमन्तले ६ ओभरमा १४ रन खर्चे । सो क्रममा उनले ३ मेडेन ओभर पनि फाले । शेर मल्लले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४२.१ ओभरमा २०९ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले अर्धशतकीय पारी खेले । उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

दिपक बोहराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

वागमतीका लागि सन्दीप लामिछाने र प्रतिस जिसीले ४–४ विकेट लिए । सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।