सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

Sunday July 12, 2026

पढ्न लाग्ने समय :


धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने आशामा बसेका किसान अन्ततः मलि विनानै रोपाई गर्न बाध्य भइरहेका छन् ।

धनगढी उप महानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेश्रो साता सम्म पनि रासायनिक मलको प्रतीक्षामा बसे । मलका लागि यहाँका हरेक सहकारी धाइरहे कतै मल पाइने अवस्था नरहेपछि चौधरी अहिले खेतमा व्यस्त बनेका छन् । ‘मलको प्रतीक्षामा रोपाईनै ढिलो हुन थाल्यो,’ चौरीले भने, ‘अहिले रोपाई सुरु गरेको छु, मल पाएको छैन ।’ मानबहादुका अनुसार धान रोपाईका लागि डिएपि मल आवश्यक पर्ने हुन्छ । तर यस पटक रोपाई सकिने समयमा सम्म पनि मल प्राप्त हुन नसकेको उनको दुःखेसो छ ।’ मानबहादुर जस्तै सुदूरपश्चिममा रासायनिक मलका लागि भौँतारिने किसानको सङ्ख्या उच्च छ । कैलाली, कञ्चनपुरका धेरै किसानले यस पटक रासायनिक मल विनानै रोपाई गर्नुपरेको छ ।

सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता कृषि सामाग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका अनुसार यस वर्ष गत वर्षको भन्दा न्यून रासायनिक मल उपलब्ध भएको छ । जसका कारण रोपाईमा मलको अभाव सिर्जना भएको हो ।

कृषि सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले भने, ‘यस बर्ष विगतको भन्दा पनि कम मल आयात हुदा किसानले मल प्राप्त गर्न नसकेको यथार्थ हो, आउदै नआएको भने हैन, अहिले पनि जेनतेन वितरण भइरहेको छ ।’ बोगटीका अनुसार यस बर्ष फागुन देखि सुदूरपश्चिममा डिएपि मल आयात हुन सकेको छैन । ‘फागुन पछि डिएपि उपलब्ध भएको छैन,’ बोगटीले भने, ‘भएको मौज्दात डिएपि थोरै–थोरै गरेर सहकारीलाई वितरण वितरण गरिरहेका छौं, तर त्यो पर्याप्त हुन सकेको छैन ।’

प्रादेशिक प्रबन्धक बोगटीका अनुसार गत वर्षको साउन देखि फागुन सम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय २७ मेट युरिया, ८ हजार ३ सय ८० मेट्रिकटन डिएपि र ८ सय १६ मेट्रिकटन पोटास विक्री वितरण गरिएको थियो ।

हाल ३ सय ३० मेट्रिकटन युरिया, ३ सय ६ मेट्रिकटन डिएपि र १ सय २९ मेट्रिकटन युरिया मौज्दाद रहेको छ । विक्रि भएको डिएपि र युरिया मध्य अधिकास हिउदे वालीका लागि प्रयोग भइसहेका कारण धानका लागि अपुग भएको उनले बताए । सुदूरपश्चिममा धान खेतीका लागि मात्रै कम्तीमा ८ हजार हजार मेट्रिकटन डिएपि आवश्यक पर्ने गर्दछ । यस बर्ष अमेरिका र इरानविच भएको युद्धका कारण पनि समयमै रासायनिक मल आयात हुन समस्या सिर्जना भएको उनको भनाई छ ।

त्यसैगरी साल्ट ट्रेडिङ पर्कोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यस बर्ष रासायनिक मल अभाव अझै बढी रहेको बताए । कुँवरले पनि अमेरिका–इरान युद्धेको प्रभावका कारण यस पटक रासायनिक मल अभाव हुने अवस्था आएको बताए । ‘आउदै नआएको भन्ने पनि हैन,’ उनले भने, ‘तर तुलनात्मक रुपमा केही कम मल आएको छ, यसले कृषकलाई धान रोपाईका वेला समस्या भएको छ ।’

कुँवरका अनुसार गत साउन देखि हाल सम्म ५ हजार ७१ दशमलव ६० मेट्रिकटन युरिया, ५ हजार ७ सय ८१ मेट्रिकटन डिएपि र २ सय ६४ मेट्रिकटन पोटास भित्रिएको छ । त्यस मध्य असार २६ गते सम्म ५ हजार ६१ दशमलव २० मेट्रिकटन युरिया, ५ हजार ६ सय ९० दशमलव २० प्रतिशत डिएपि र ५ सय ४ दशमलव १० मेट्रिकटन पोटास विक्रि भइसकेको कुवरको भनाई छ । उनका अनुसार हाल साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडसंग ५८ दशमलव ८५ मेट्रिकटन यूरिया, ९१ दशमलव ७० मेट्रिकटन डिएपि मौज्दाद रहेको छ । बाटोको अबरोध र ढुवानीमा भएको समस्याका कारण पनि यस पटक डिएपि मल अभाव भएको उनले बताए । हाल भैरहवामा रहेको पुरानो स्टकबाट ५ सय मेट्रिटन थप मल उपलब्ध भएको र सो मल सहकारी मार्फत कृषकलाई वितरण गर्ने कार्य भइरहेको उनले बताए ।

युरिया मलको अभाव नहुने दावी 

सुदूरपश्चिममा यस वर्ष धान रोप्दा रासायनिक मल डिएपिको अभाव झेलेका कृषकले युरिया मल सहजै पाइने दावि गरिएको छ । सामान्य तया धान रोपेको २५ देखि एक महिना भित्र कृषकले धानमा युरिया मल छर्ने गर्दछन् । जस अनुसार अवको एक साता पछि यहाँका कृषकलाई यूरिया मलद आवश्यक पर्ने छ । सो समय सम्म युरिया मलको मल भित्रिसक्ने मल वितरक संस्थाले जनाएका छन् ।

कृषि समाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले साउन २–३ गते भित्र सुदूरपश्चिममा युरिया पुग्ने जानकारी आफुले पाएको बताए । ‘३ सय ३० मेट्रिकटन यूरिया अहिले पनि हामीसंग मौज्दात रहेको छ,’ बोगटीले भने, ‘धेरै किसानले डिएपिसंगै यूरिया मल लगिपनि सकेका छन,’ आगामी साउन २–३ गते थप युरिया मल यहाँ पुग्ने जानकारी प्राप्त भएको छ, त्यसैले डिएपि जस्तो अभाव यूरियामा हुने छैन ।’

साल्ट ट्रेडिङ पर्कोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यूरियामा डिएपि जस्तो अभाव नहुने बताएका छन् । धेरै कृषकले यस अघिनै धानका लागि चाहिने युरिया मल लगेर भण्डारण गरिसकेका कारण पनि समस्या नहुने उनको दावी छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।