सुदूरपश्चिममा मतदाता शिक्षाका लागि ७ सय ३४ स्वयंसेवक परिचालन

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : आगामी निर्वाचनलाई थप सहभागितामूलक, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सुदूरपश्चिम प्रदेशमा तीव्र पारिएको छ।

बदर मतको प्रतिशत घटाउने र आम नागरिकलाई मताधिकारको महत्वबारे स्पष्ट जानकारी दिने लक्ष्यका साथ देशव्यापी रूपमा अघि बढाइएको अभियान यहाँ प्रत्येक वडासम्म विस्तार गरिएको छ। निर्वाचन आयोगको निर्देशनअनुसार प्रदेशका विभिन्न जिल्लामा ७ सय ३४ जना स्वयंसेवक परिचालन गरिएको छ। उनीहरू घरदैलोमै पुगेर मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका तथा स्वस्तिक छाप लगाउने सही स्थानबारे नमूना मतपत्रमार्फत अभ्याससहित जानकारी दिइरहेका छन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले मतदाता शिक्षा प्रभावकारी बनाउन स्वयंसेवकहरूलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकिएको जानकारी दिए। ‘यो महिनाको १ गतेदेखि स्वयंसेवकहरू खटिएका छन्। उनीहरू टोल-टोल र घर-घरमा पुगेर मतदाता शिक्षा दिइरहेका छन्। यसपटक विगतको तुलनामा बदर मत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरेका छौँ,’ उनले बताए।

मतदाता शिक्षा अभियानमा विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायलाई प्राथमिकतामा राखिएको छ।

विगतका निर्वाचनमा यिनै समूहमा बदर मतको संख्या तुलनात्मक रूपमा बढी देखिएको तथ्यांकलाई ध्यानमा राख्दै यसपटक लक्षित रूपमा सचेतना अभिवृद्धि गरिएको हो। हाल सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वयंसेवकहरू टोल–टोलमा पुगेर मतदाता शिक्षा दिइरहेका छन्।

 


भर्खर

गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान

कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय

कैलालीमा खडेरीले नदीनाला सुके

धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि