सुदूरपश्चिममा बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल सुरु

Tuesday June 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट (विनियोजन विधेयक)को सिद्धान्त र प्राथमिकतामा छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल थालिएको हो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नेपाली कम्युनिस्ट पार्टीका गीतादेवी माल र नेकपा (एमाले)का प्रमुख सचेत चक्र मल्लले भाग लिए ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाको प्रस्तावमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न लागिएको हो । मन्त्री थापाले केही दिन अगाडि मात्रै प्रदेश सरकारको बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेका थिए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।