सुदूरपश्चिममा निर्वाचनका लागि सशस्त्र प्रहरीको सुरक्षा योजना तयार

Tuesday February 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिममा सशस्त्र प्रहरीले चुनाव लक्षित सुरक्षा योजना तयार पारेको छ। सशस्त्रले प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका लागि सुरक्षा योजना तयार पारेको हो। जसअनुसार २१ गतेदेखि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा प्रत्येक निर्वाचन क्षेत्रमा आधार शिविर तयार गरिने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ वाहिनीले जनाएको छ।

सबै क्षेत्रमा फागुन ६ गतेबाट छुट्टै मोबाइल टोली, सबै क्याम्पमा डीएसपीको कमान्ड बाहिनीस्तरीय रिजर्व टोली, निर्वाचन विरोधि गतिविधी रोक्न अनुगमन टोली समेत खटाउने सशस्त्र प्रहरी बल ७ नम्बर वैद्यनाथ वाहिनीका निमित्त वाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए। उनले पाँच हजार एक सय निर्वाचन प्रहरीसहित निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी परिचालन हुने बताए।

सुदूरपश्चिममा सवारी साधनको अपुग भएपछि प्रधानकार्यालयको निर्देशनमा भाडामा लिएर भए पनि सबै क्षेत्रमा मोबाइल गस्ती बढाइने उनले बताए। प्रत्येक क्षेत्रमा नेपाली सेनाको सहयोगमा मतदान अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा अन्य निर्वाचन सम्बन्धी कार्यालयहरूमा सुरक्षा टोली खटाइएको छ।

प्रत्येक मतदान क्षेत्रमा सशस्त्र प्रहरीको डीएसपीको कमान्डमा नेपाली सेनाको मुख्य फोर्स व्यवस्था गरिएको छ। निर्वाचनलाई लक्षित गर्दै स्ट्राइक टोली र मोबाइल टोलीहरू सञ्चालनमा ल्याइएको छ।

विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा मोबाइल टोलीको सङ्ख्या बढाइएको छ। सशस्त्र प्रहरीका सबै युनिटमा रिजर्भ क्यूआर टोली र क्यूआर टोली खटाइएका छन्। यी टोलीहरूलाई डीएसपी र इन्स्पेक्टरको प्रत्यक्ष कमान्ड दिइएको छ।

वाहिनीको राज्यस्तरीय अपरेसन बेस हेडक्वार्टरमा मोबाइल तथा रिजर्भ टोलीहरू तयारी अवस्थामा राखिएको छ। अन्य पहाडी तथा दुर्गम जिल्लाहरूमा निरन्तर अनुगमन भइरहेको छ।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार