सुदूरपश्चिममा एमाले र काँग्रेसका उम्मेदवार विजयी

Sunday January 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेकी लीलाकुमारी भण्डारी र काँग्रेसका खम्मबहादुर खाती विजयी भएका हुन।

भण्डारीले तीन हजार नौ सय ८४ मतभार र खातीले तीन हजार नौ सय ६९ मतभार प्राप्त गरेर चुनाव जितेका छन। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले एक हजार छ सय ७६ मतभार प्राप्त गरिन्।

यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती तीन हजार ९ सय ६९ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले एक हजार ८ सय पाँच मत प्राप्त गरेका थिए।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।

कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए। चार जनाले भने मतदान गरेनन्।

मतदान नगर्नेमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।

महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एमाले) बिच गठबन्धन रहेको थियो।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा