सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिदै

Tuesday March 31, 2026

पढ्न लाग्ने समय :


धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशको नौ वटै जिल्लाबाट ५३ हजार ९७३ परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन । चैत १९ गतेबाट एसईई परीक्षा हुँदैछ ।

नियमिततर्फका ४० हजार ९७३, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने निर्देशनालयका सूचना अधिकारी प्रेमलाल हरिजनले बताए ।

सबैभन्दा बढी कैलालीबाट १८ हजार २७८ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन् ।

यसैगरी, कञ्चनपुरका १० हजार ८९७, बैतडीका चार हजार ५२९, अछामका चार हजार ४५१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ ।

त्यस्तै, डोटीका तीन हजार ३१४, दार्चुलाका तीन हजार ५६८, बझाङका तीन हजार ४२१ परीक्षार्थीले एसईई दिने निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा कम बाजुराबाट दुई हजार ४२६ जना परीक्षार्थी एसईईमा सहभागी भइरहेका जनाइएको छ ।

 


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत