सुदूरपश्चिमको मौलिक धार्मिक, सांस्कृतिक पर्व गौरा सुरु

Thursday August 28, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ १२/सुदूरपश्चिम प्रदेशको प्रमुख तथा मौलिक धार्मिक, सांस्कृतिक पर्व गौरा बिहीबारदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र पञ्चमीका दिन बिरुडा भिजाएर गौराको सुरुवात भएको छ । आजको दिनलाई बिरुडा पञ्चमीका रुपमा वर्णन गरिएको छ ।

भाद्र शुक्ल पञ्चमीमा ब्रतालू महिलाले तामाका भाँडामा पाँच प्रकारको अन्न भिजाएर गौराको सुरुवात गर्ने प्रचलन रहेको छ । ब्रतालू महिलाले निराहार रहेर तामा वा पित्तलको भाँडामा केराउ, गहत, गुराँस, गहुँ र माससहितका पाँच प्रकारका अन्न भिजाउने गर्दछन् । पाँच प्रकारका अन्न मिसाइ भिजाउने क्रममा सुदूरपश्चिमको मौलिक फाग गाइने गरिन्छ ।

गौराको अर्को दिन अर्थात षष्ठी तिथिमा भिजाएको बिरुडालाई नाउला वा जलासय वा धारामा र्गर विधिवत रुपमा धोईपखाली धानको खेतबाट गौरा देवीको प्रतिमूर्ति बनाएर घर फर्किने प्रचलन रहेको छ ।

गौराष्टमी अथवा दुर्वाष्ठमीका दिन व्रतालू महिलाहरू बिहान गौरा मनाउने स्थल (गौरा खलो) मा पूजाआजा गर्ने गर्दछन् । सोही दिन साँझ अभिशेष गरिएको दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको भनाइ छ । ब्रतालू महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।

पौराणिक कथनअनुसार हिमालयकी छोरी पार्वती अथवा गौरीले भगवान शिवलाई पति पाउन निराहार ब्रत, उपासना गरेकी थिइन् । सोही धार्मिक विश्वासका आधारमा विवाहित महिलाले भगवान शिव (महेश्वर) र देवी पार्वती (गौरी) को धुमधामसँग पुजाआराधना गर्ने गर्दछन् ।
गौरा पर्वमा गाइने देउडामा पौराणिक कथा तथा देवीदेउताका गाथा उल्लेख हुने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा मूलरुपमो डडेल्धुरा, दार्चुला, बैतडी र डोटीमा गौरा पर्व मनाइने गरिन्छ । पछिल्ला दशकहरुमा गौरा पर्व कैलाली, कञ्चनपुर, काठमाडौ लगायतका स्थानमा समेत मनाइने गरिएको छ ।

गौरामा सुदूरपश्चिमको मौलिक देउडा, फाग, चैत, धमारी आदि प्रस्तुत हुने गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने गरिन्छ । यस वर्षको गौरा भाद्र शुक्ल पक्षमा परेको छ ।

तस्वीर, फेसबुक


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको