सुदूरपश्चिमको मौलिक देउडा गीत ‘अधुरै छ माया’ सार्वजनिक

Tuesday July 14, 2026

पढ्न लाग्ने समय :


धनगढी :  बिग इन्टरटेन्मेन्टको पर्दामा निर्माण भयको म्युजिक भिडियोमा अधुरै छ माया सार्वजनिक भएको छ। सुदूरपश्चिमको मौलिक कला, संस्कृति र प्रेम कथालाई समेटेर निर्माण गरिएको नयाँ देउडा गीत सार्वजनिक भएको हो। म्युजिक टिभी नेपाल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको छ।

गीतमा प्रकाश जेठारा र पूर्णकला बिसीको स्वर रहेको छ भने शब्द हर्क विवस खनालले सिर्जना गरेका हुन। गीतको लय प्रकाश जेठाराकै रहेको छ।

म्युजिक भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका छन। छायांकन आदित्य विक्रम छेत्री र किशोर रिमालले गरेका हुन। भिडियोमा जगत साउँद, झरना बोहरा, दीपक साउँद, डिल्लीराज साउाद र नीशा बोहराको अभिनय रहेको छ भने भिडियोमा वरिष्ठ चलचित्रकर्मी सरस्वती खड्का भट्ट र हास्य कलाकार प्रेम पौडेललाई पनि देख्न सकिन्छ। मेकअप निसा बोहरा, एरेन्ज पवन परियार तथा रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो।

गीतको पोस्ट–प्रोडक्सन विगी इन्टरटेन्ट फोटो एण्ड भिडियो ग्राफीले गरेको छ। निर्माणमा नवजीवन अस्पताल, राज मेडिया हाउल लगायले सहयोग गरेका छन।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।