सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रस्ताव नेकपाद्वारा अस्वीकार
पढ्न लाग्ने समय :
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउन मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव अस्वीकार भएको छ। सरकारलाई समर्थन गरिरहेको एमालेले साथ छाडेपछि बजेट पारित गर्न जटिल बनेको अवस्थामा मुख्यमन्त्री शाहले नेकपा संसदीय दलसँग छलफलका लागि प्रस्ताव गरेका थिए।
मुख्यमन्त्रीको आग्रहपछि नेकपा संसदीय दलका नेता खगराज भट्टले सांसद मानबहादुर धामी र रमेश धामीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि पठाएका थियो। छलफलका क्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकारको बजेट पारित गर्न सहयोग गर्न अनुरोध गरेका थिए।
वर्तमान अवस्थामै बजेट पारित गर्न सहयोग गर्न नसकिने नेकपा संसदीय दलका नेता खगराज भट्टले बताए। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ।