सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु, अर्को सूचना नभएसम्म लागू हुने

Thursday July 30, 2026

पढ्न लाग्ने समय :


सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरेको जनाएको हो।

प्रशासनका अनुसार कर्फ्यु लहान नगरपालिकाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम) सम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गबाट ५०० मिटर आसपासको क्षेत्रमा लागू गरिएको छ।

यसअघि सिरहाको गोलबजार नगरपालिका आसपासको पूर्व–पश्चिम राजमार्गको पूर्वी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको थियो।

क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ। सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।