साम्बाको एक करोड बढी उपचार खर्च जुट्यो

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढी : राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि आवश्यक रकम जुटिसकेको भन्दै सहयोग रोकिदिन समर्थकहरूलाई आग्रह गरेकी छिन्।

सामाजिक संजालमार्फत् धन्यवाद ज्ञापन गर्दै साम्बाले आफ्नो नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको जानकारी दिएकी छिन्।

‘मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघसंस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ। यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ। कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ। त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ साम्बाले फेसबुकमा लेखेकी छिन्।

अखिल नेपाल फुटबल संघ ९एन्फा० उपचारका लागि सहयोग गर्ने तयार नभएपछि साम्बाले सोमबार सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अपिल गरेकी थिइन्। सात सातादेखि घुँडाको एसिएल र ग्राफटमा गम्भीर चोट बोकेकी उनको शल्यक्रिया र विश्वस्तरीय उपचार गर्न ८० हजार अमेरिकी डलर ९एक करोड १५ लाख रुपैयाँ० खर्च हुने बताइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।