सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएका छौँः उपप्रधानमन्त्री सिंह

Monday February 3, 2025

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ । सोमवार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले काठमाडौं निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताउनु भयो । अहिले पनि संघ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताउनु भयो । सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मैले यो क्षेत्रको नेतृत्व गर्दै आइसकेपछि स्कुलहरुमा, त्यसमा पनि सामुदायिक विद्यालयहरुको शैक्षिक वातावरण जुन छ त्यसमा सुधार ल्याउनका लागि, पूर्वाधारहरुको आवश्यक हुन्छ, त्यसलाई जोड दिएर हामीले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण सामुदायिक स्कुलहरुमा हामीले यहाँ जोड दिएका छौँ । संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ । शैक्षिक स्तरमा यो क्षेत्रका सामुदायिक विद्यालयको पनि निजीको भन्दा कम छैन । हाम्रो निर्वाचन क्षेत्रमा त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर पनि निजीको भन्दा केही कमी छैन । गुणस्तर शिक्षा दिन र अतिरिक्त क्रियाकलापमा पनि र विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेमा सामुदायिक स्कुलहरुले धेरै राम्रो काम गरिरहेका छन् ।’

उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ