सामा चकेवा खेल प्रतियोगिता सम्पन्न

Friday November 15, 2024

पढ्न लाग्ने समय :


सामा चकेवा महोत्सव—२०८१ अन्तर्गत सामा चकेवा खेल प्रतियोगिता सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजनामा आयोजित सामा चकेवा खेल प्रतियोगितामा मिथिलेश्वर मौवाहीको सामा चकेवा समूह पहिलो स्थान प्राप्त गरेको छ । ९ वटा समूह सहभागी भएको प्रतियोगितामा मोडर्न नेपाल इंगलिश मिडियम बोर्डिङ्ग स्कुल जनकपुरधाम ७ ले दोस्रो स्थान प्राप्त गरेको थियो ।

त्यस्तै तेस्रो स्थान सखी बहिनपा मैथिलानी समूहले प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहलाई ११ हजार राशीले पुरस्कृत गरिएको थियो । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समूह ७ हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई ५ हजार राशीबाट पुरस्कृत गरिएको हो । सामा चकेवा खेल प्रतियोगितामा व्रह्मर्षी महिला समाज, जानकी सामा चकेवा समूह, सीता सामा चकेवा समूह, वैदेही सामा चकेवा समूह, जानकी चोक सामा चकेवा समूह र दक्षिणकाली सामा चकेवा समूहले सहभागिता जनाएको थियो । यी समूहहरुलाई पनि २ हजार राशी सहित सम्मान गरिएको थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको