सामा चकेवा खेल प्रतियोगिता सम्पन्न

Friday November 15, 2024

पढ्न लाग्ने समय :


सामा चकेवा महोत्सव—२०८१ अन्तर्गत सामा चकेवा खेल प्रतियोगिता सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजनामा आयोजित सामा चकेवा खेल प्रतियोगितामा मिथिलेश्वर मौवाहीको सामा चकेवा समूह पहिलो स्थान प्राप्त गरेको छ । ९ वटा समूह सहभागी भएको प्रतियोगितामा मोडर्न नेपाल इंगलिश मिडियम बोर्डिङ्ग स्कुल जनकपुरधाम ७ ले दोस्रो स्थान प्राप्त गरेको थियो ।

त्यस्तै तेस्रो स्थान सखी बहिनपा मैथिलानी समूहले प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहलाई ११ हजार राशीले पुरस्कृत गरिएको थियो । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समूह ७ हजार र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई ५ हजार राशीबाट पुरस्कृत गरिएको हो । सामा चकेवा खेल प्रतियोगितामा व्रह्मर्षी महिला समाज, जानकी सामा चकेवा समूह, सीता सामा चकेवा समूह, वैदेही सामा चकेवा समूह, जानकी चोक सामा चकेवा समूह र दक्षिणकाली सामा चकेवा समूहले सहभागिता जनाएको थियो । यी समूहहरुलाई पनि २ हजार राशी सहित सम्मान गरिएको थियो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत