सामाजिक सञ्जालमा धार्मिक आस्थामा असर पर्ने सामग्री पोस्ट गर्ने युवक पक्राउ

Wednesday July 29, 2026

पढ्न लाग्ने समय :


सुर्खेत — सामाजिक सञ्जालमार्फत आम नागरिकमा भ्रम फैलाउने तथा धार्मिक आस्थाप्रति असर पर्ने खालका भिडियो र फोटोहरू प्रकाशन तथा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सामाजिक सञ्जाल फेसबुकमार्फत धार्मिक आस्थामा असर पुग्ने र अनावश्यक विवाद सिर्जना हुने किसिमका सामग्री पोस्ट गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय (“पार्थीगंगा माता” भनेर चिनाउने) सौरभ थापा  लाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनलाई बुधबार साँझ करिब ८ः२० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा सार्वजनिक शान्तिमा असर पर्ने गतिविधि नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।