सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि सामुदायिक रेडियोको भुमिका अतुलनीयः वनमन्त्री शाही

Thursday February 13, 2025

पढ्न लाग्ने समय :


वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि रेडियोले खेलेको भुमिका अविस्मिणीय र अतुलनीय रहेको बताउनुभएको छ । बिहीवार ललतिपुरमा सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित वैज्ञानिक जानकारीलाई नेपालका सामुदायिक रेडियोले प्रशारण गर्दै आएको बताउनुभएको छ । उहाँले ग्रामिण दुर्गम क्षेत्र र पत्रपत्रिकाको पहुँच नपुग्ने ठाउँहरुमा खुलेका सामुदायिक रेडियोहरु सूचनाको प्रमुख आधार  बन्न पुगेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनसँग सम्बन्धित वैज्ञानिक जानकारीहरुलाई सहज र स्थानीय भाषामा प्रश्तुत गर्ने काम नेपालका सामुदायिक रेडियोहरुले गर्दै आइरहेका छन् । नेपालको सन्दर्भमा सामुदायिक रेडियोहरुले एफएम रेडियोहरुको प्रविधिको माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण खेल्दै आउनुभएको छ । अझ ग्रामिण दुर्गम क्षेत्र र पत्रपत्रिकाको पहुँच नपुग्ने ठाउँहरुमा खुलेका सामुदायिक रेडियोहरु सूचनाको प्रमुख आधार नै बन्न पुगेको छ । राजनीतिक परिवर्तनहरुमा भएका क्रान्तिहरुका साथै २००७ सालमा रेडियो प्रजातन्त्रको स्थापना भएदेखि हालसम्मका रेडियोको प्रयासहरु साथै दोस्रो जनआन्दोलनमा रेडियोले महत्वपूर्ण भुमिका खेल्यो । शान्ति प्रक्रिया र संविधान निर्माणमा पनि सामुदायिक रेडियोहरुले धेरै प्रभावकारी कामहरु गरिरहेका थिए । सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि पनि रेडियोले खेलेको भुमिका अविस्मिणीय र अतुलनीय रहेको छ ।’

मन्त्री शाहीले संघीयताको मर्मलाई स्थापित गर्दै सामुदायिक रेडियोमा सबै क्षेत्र, वर्ग, लिंग, जाती, भाषभाषी र धर्म संस्कृतिको आवाज र अनुहार प्रतिविम्वित हुनुपर्ने बताउनु भयो ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत