सहिद दशरथ चन्द विश्वविद्यालयका उपकुलपति र रजिस्टारद्धारा पदभार ग्रहण

Saturday July 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिस्ट्रार डाक्टर भीम चन्दले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। उपकुलपति जोशी र रजिस्टार चन्दले शुक्रवार पदभार गरेका हुन्। उपकुलपति र रजिस्टारले पदभार ग्रहण गरेसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत विकासले गति लिने अपेक्षा गरिएको छ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको विश्वविद्यालय सभाको निर्णयअनुसार नियुक्त भएका प्राध्यापक जोशी विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन्। उनले यसअघि विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), आवश्यक कानुन निर्माण तथा एमविविएससहित चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनको आधार तयार पार्न भूमिका खेलेका थिए।

रजिष्ट्रार नियुक्त चन्द अस्पताल व्यवस्थापनका विज्ञ हुन्। उनले काठमाडौँ मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजमा लामो समय प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।