सर्वसाधारण भन्छन्ः धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ

Sunday November 24, 2024

पढ्न लाग्ने समय :


सरकारले सर्वसाधारणका लागि आजदेखि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरुको भीड बढेको छ ।परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चड्नेको भीड लागेको हो ।  सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरुलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो । धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन् । सरकारले धरहरा व्यवसायीक रुपमा संचालन गर्नु स्वागतयोग्य भएपनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन् । आईतवार न्युज एजेन्सी नेपालसँग धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै कोभ्रकी विष्णुमाया गिरीले खुशी व्यक्त गर्नुभयो ।

आफू सानो हुँदा काठमाडौंको बानेश्वर र कोटेश्वरमा केही घर मात्र रहेको सम्झिँदै उहाँले भन्नुभयो, ‘पहिले त बानेश्वर र कोटेश्वरमा दुईचार घर थिए । आज धरहराबाट हेरेको त यत्रो मानिस बसेका रैछन् । पैतला टेक्ने ठाउँ नै छैन । पाँचतले घरसम्म चाहीँ पुगेको थिए । आज पहिलोपटक अग्लो घर चढ्न पाएँ । धरहरा चढ्न भनेर पाँच चोटि आइसके । जेठदेखि आउन थालेको आज बल्ल चढ्न मिल्यो ।’

आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उहाँले धरहरालाई व्यवसायका रुपमा चलाउन नहुने बताउनु भयो । त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउँने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पहिलो पटक धरहरा चढेको रमाइलो अनुभव भइरहेको छ । तर, सरकारले धेरै नै शुल्क तोकेकोमा नरमाइलो समेत लागिरहेको छ । सबैले त पैसा तिर्न सक्नुहुन्न नि । त्यहि भएर यो रेट चाहीँ कम गरिदिनुप¥यो । छुट दियो भने अझै धेरै मानिसहरु आएर चढ्न पाउनुहुन्छ नि त’

२०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका