सर्वदलीय बैठकमा सरकारको भूमिकामाथि कांग्रेस सभापति थापाको प्रश्न

Wednesday July 29, 2026

पढ्न लाग्ने समय :


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा सरकार र प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउनुभएको छ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै सभापति थापाले सुनसरी घटनाका विषयमा राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याएर सामूहिक पहलको वातावरण बनाएको भन्दै रास्वपा सभापति लामिछानेलाई धन्यवाद दिनुभयो।

उहाँले वर्तमान परिस्थितिमा सरकारको सक्रियता नदेखिएको टिप्पणी गर्दै, “यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ?” भन्ने प्रश्न गर्नुभयो। सरकार सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्नमै सीमित रहेको भन्दै उहाँले कटाक्ष पनि गर्नुभयो।

सभापति थापाले प्रधानमन्त्रीलाई तत्काल सर्वदलीय बैठक बोलाउन, राष्ट्रपतिसँग छलफल गर्न तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी समस्या समाधानका लागि साझा पहल गर्न सुझाव दिनुभयो। विगतका राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूले आपसी तिक्तता बिर्सेर साझा रूपमा काम गरेको स्मरण गराउँदै अहिले पनि त्यही अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले सुनसरी घटनाका विषयमा नेपाली कांग्रेसले आन्तरिक रूपमा पनि छानबिन गर्ने जानकारी दिनुभयो। साथै, समस्या गम्भीर बन्दै जाँदा पनि प्रधानमन्त्रीले जिम्मेवार भूमिका निर्वाह नगरी ‘भाउ खाने’ र ‘ठालू बनेर बस्ने’ शैली देखाएको भन्दै आलोचना गर्नुभयो।

सभापति थापाले कांग्रेसका जनप्रतिनिधि तथा पार्टीका नेताहरूलाई पनि बैठक गरी समस्या समाधानका लागि सक्रिय रूपमा पहल गर्न निर्देशन दिइएको जानकारी दिनुभयो।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।