सरकार बिरुद्ध देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शन

Monday September 8, 2025

पढ्न लाग्ने समय :


धनगढी । सरकारबिरुद्ध देशका विभिन्न स्थानमा जेनजि युवाको प्रदर्शन सुरु भएको छ । प्रदेशन उग्र बन्दा देशभर ८० जना भन्दा बढी घाईते भएका छन् भने एक जनाको गोली लागेर मृत्यु भएको छ । हाल जेनजि पुस्ताले काठमाडौं, हेटौडा, झापा, पोखरा जनकपुर लगायतका स्थानमा सरकार बिरुद्ध नाराबाजी गरिरहेकाक छन् । आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर संसदभवन भित्र छिर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो । त्यस्तै केही युवाले संसदभवनो गेटमा आगजनी गरेका छन् । उक्त आगो प्रहरीले निभाएको छ ।

जेनजीको आन्दोलन उग्र बनेपछि काठमाडौंका विभिन्न स्थानमा कफ्युआदेश जारी भएको छ, भने नेपाली सेवा परिचालन समेत गरिएको छ । आन्दोलनको भित्रियो सामाग्री संगकलन गर्न पुगेका नयाँ पत्रिका दैनिक र कान्तिपुर दैखिनकका पत्रकार पनि प्रहरीले चलाएको रबरको गोली लागेर घाइते भएका छन् । यस्तै झापामा पनि प्रदर्शनकारी र युवाविच झडप हुँदा एक जना घाइते भएका गृहमन्त्रालयले जनाएको छ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ