समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्छः महासचिव पोखरेल

Friday May 10, 2024

पढ्न लाग्ने समय :


दमौली। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताएका छन्। नेकपा (एमाले) तनहुँको आज यहाँ आयोजित दसौँ अधिवेशनको उद्घाटन गर्दै उनले समाजलाई बदल्ने संकल्प बोकेर पार्टी अगाडि बढेको बताए।

पोखरेलले भने, ‘देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ। समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्नेछ।’ आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै भने, ‘अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्छ।’

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए।

अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी रहेको पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। अधिवेशनका लागि हालका उपाध्यक्ष हरिराज कँडेल र पूर्वप्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देल आकांक्षी छन्।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै