सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री चौरसिया

Thursday January 23, 2025

पढ्न लाग्ने समय :


कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाअन्तर्गको कानून, न्याय तथा मानव अधिकार समितिमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरतसिंह भण्डारीलाई सुझाव दिनुभयो । उहाँले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेकुरा मन्त्रालय र मन्त्रीको सफलतासँग जोडिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकको हक र हितका लागि कानून मन्त्रालय सदैव सकारात्मक रहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ(श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री)ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था हामी गर्दैछौं । जसमा ११ प्रतिशत व्यक्ति रोजगारदाता र २० प्रतिशत व्यक्ति सरकारले राख्ने र नेपालमा समेत श्रम गर्ने सबैलाई कोषमा आवद्ध गर्ने कुरा जुन राख्नुभयो । यो मन्त्रालयको सफलता  र मन्त्रीको सफलतासँग जोडिन जान्छ भन्ने मलाई लागेको छ ।’

उहाँले सरकारले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नसके ठूलो र ऐतिहासिक उपलब्धी हुने बताउनु भयो ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका