सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

Monday April 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा नयाँ वर्षको अवसरमा भएको सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको उपाधि बैकर्स क्लब धनगढीले जितेको छ। फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको फाईनलमा फारवेष्ट पशुपति युवा क्लबलाई हराउँदै बैंकर्स क्बल धनगढी च्याम्पीयन भएको हो । धनगढीमा रहेको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा बैकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ ले हराएर उपाधि जितेको हो । बैकर्स क्लबले उपाधिसँगै नगद २२ हजार ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले नगद १२ हजार ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

विजेता र उपविजेता टोलीलाई एक कार्यक्रम बीच पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष तथा द गार्डनर प्याराडाईस स्कुलका प्रिन्सिपल अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इन्जिनियर राजन राना लगायतले पुरस्कार वितरण गरे ।

नयाँ वर्ष २०८३ को अवसरमा समाजमा आपसी सद्भाव, भाइचाराको भावना अभिवृद्धि गर्न तथा विभिन्न संघ–संस्थाबिच सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक नवीन अधिकारीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा धनगढीमा अत्याधुनिक र विश्वस्तरीय प्रजनन सेवा दिन सुरु गरेको सन्तति आईभिएफ सेन्टर रहेको थियो । यस्तै शुभश्री प्यालेस, किसान टे«डिङ (होण्डा) द गार्डनर प्याराडाईस स्कुल र अरवान भट्टीले पनि प्रायोजन गरेर साथ दिएका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टरले उत्कृष्ट प्रजनन केन्द्र निर्माण गर्दै निसन्तान दम्पतिको सन्तान प्राप्त गर्ने सपनालाई साकार बनाउन धनगढीमा सेवा थालनी गरेको छ । सन्तान प्राप्तिमा समस्या झेलिरहेका दम्पतीहरूलाई लक्षित गर्दै स्थापना भएको केन्द्रले विश्वस्तरीय प्रजनन सेवा र आत्मीय हेरचाह प्रदान गरिरहेको जनाएको छ ।

केन्द्रमा आईभिएफ, आईयुआई, बाँझोपन सम्बन्धी सम्पूर्ण परीक्षण तथा परामर्श सेवा उपलब्ध रहेको छ । अनुभवी विशेषज्ञ चिकित्सकको टोली, आधुनिक प्रयोगशाला, र अत्याधुनिक प्रविधिको प्रयोग मार्फत सेवाग्राहीलाई गुणस्तरीय उपचार दिईरहेको सेन्टरले जनाएको छ । सन्तति आईभिएफ सेन्टरले विशेषगरी सुदूरपश्चिम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सहज र भरपर्दो सेवा उपलब्ध गराईरहेको छ । अब प्रजनन उपचारका लागि काठमाडौँ वा भारत जानुपर्ने बाध्यता हटेको छ ।

 


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख