सद्गमय रियालिटी सोको दोस्रो सिजन माघमा प्रशारण हुने

पढ्न लाग्ने समय :

सद्गमय रियालिटी सोको दोस्रो सिजन माघ १७ गतेबाट एपिवान टेलिभिजनमा प्रशारण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको हो । १५ एपिसोड सञ्चालन हुने सो हरेक बिहीबार साँझ साढे ८ बजे प्रशारण हुने बाइएको छ । सद्गमय कार्यक्रमको निर्माण संस्कृति एड्भरटाइजिङ प्रा.लि.ले गरेको हो । कार्यक्रम निर्माण समूहका निर्देशक मोहनराज अधिकारी, प्रश्तोता रमेश पौडेल, अनुसन्धान तथा कथा लेखन साहित्यकार बोधराज पौडेल, डिओपीमा धन योञ्जन तामाङले गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस नेता चन्द्र भण्डारी, नेकपा एमाले नेता पदम गिरी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन् ।