संस्कृति जोगाउन पिर्के पिङको संरक्षण

Friday October 11, 2024

पढ्न लाग्ने समय :


गण्डकी, २५ असोजः दशैं, तिहारको संस्कृतिसँग जोडिएको पिर्के पिङ लोप हुँदै गएको अवस्थामा पोखरा र आसपासमा संरक्षणको प्रयास गर्न थालिएको छ । विगत केही वर्ष अघिसम्म देखिन छाडेको पिर्के पिङ दशैं तिहारमा पुनः संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको हो । काठबाट बनाइने यस पिङलाई ठाँउअनुसार चर्खे, रोटे, रंगते, चम्राली पिङ आदि भन्ने गरिन्छ । नेपाली प्राचीन संस्कृतिसँग जोडिएको पिङ मनोरञ्जनको साधन हो । यहाँको रुपा गाउँपालिकाले दुुई वर्ष यता पिर्के पिङको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष नबराज ओझाले बताउनुुभयो ।

“पिर्के पिङप्रतिको आकर्षण बढाउन दुुई वर्षदेखि गाउँपालिकाले पिङ हालेवापत रु १० हजार प्रोत्साहन रकम दिने गरिएको छ”, उहाँले भन्नुुभयो, “दुुई वर्ष अघि छ वटा मात्रै पिर्के पिङ हाल्ने गरिएको पालिका क्षेत्रमा अहिले २१ स्थानमा पिङ हालिएको छ ।” कास्कीकै पोखरा महानगरपालिका क्षेत्रका कसेरी, बरपौवा, ठूलोपाटन लगायतका क्षेत्रमा पिङ हालिएको छ । २०४१ साल अघिसम्म पिर्के पिङ हाल्ने गरिएको पोखरा महानगरपालिका वडा नं ३२ ठूलोपाटनमा ४० वर्ष पछि प्रगतिशिल सामुदायिक वन उपभोक्ता समितिको सकृयतामा यस वर्ष पिर्के पिङ हालिएको वन उपभोक्ता समितिका अध्यक्ष भुुवानीप्रसाद पौडेलले जानकारी दिनुुभयो ।

“हामी सानो हुँदा ठूलोपाटनमा पिर्के पिङ हाल्ने गर्थ्यौँ”, अध्यक्ष पौडेलले भन्नुुभयो, “त्यस यता पिङ हाल्ने प्रचलन हराएपछि संस्कृतिको जगेर्ना गर्न यस वर्षदेखि पुनः पिङ हाल्न थालिएको हो ।” तात्कालीन समयमा पिङ हालेका अनुुभवी जनशक्तिसँग परामर्श लिनुका साथै रुपा गाउँपालिका–४ ठकुरी गाउँमा पुुगेर पिङमा प्रयोग गरिने सामग्रीको नाप बारे जानकारी लिइएको उहाँले बताउनुुभयो । दसैंका समयमा विशेष गरी टीकाको दिन धर्ती छोड्दा पवित्र भइन्छ भन्ने प्राचीन विश्वासका आधारमा पिङ खेल्ने गरिएको बुढापाका बताउँछन् ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै