संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छः गृहमन्त्री लेखक

Sunday December 15, 2024

पढ्न लाग्ने समय :


गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ । आईतवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरिसकेको बताउनु भयो । उहाँले संविधान संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरुको पहलमा सबै राजनीतिक दलहरुसँगको समन्वयबाट हुने बताउनु भयो । संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरुबीच सहमतिका साथ संविधान संशोधन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान संशोधनको कुरा गरेका छौँ । संविधान संशोधनलाई विभिन्न हिसावले व्याख्या हुने गरेको छ । हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो । हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरुले प्रारम्भिक छलफल शुरु गरेका छौँ । तर संविधानको संशोधन दुई वटा राजनीतिक दलहरुले गरेर मात्रै हुने होइन, हामी संविधानको १० वर्षको अनुभवको समीक्षा गर्दछौँ । महत्वपूर्ण विषयहरु संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्दछौँ । सबै राजनीतिक दलहरुसँग वार्ता, संवाद, छलफल गरेर सबै दलहरुका बीचमा सहमतिका साथ संविधान संशोधन गर्दछौँ । यो हाम्रो मार्गचित्र स्पष्ट छ । त्यसो भएको हुनाले दुई दलले मात्रै संविधान संशोधन गर्ने होइन, तर कसै न कसैले त पहल त गर्नुप¥यो । हामी दुई दल पहल अघि बढाउँछौँ । यसका लागि प्रारम्भिक छलफल भएको छ । हामी सबै राजनीतिक दलहरुलाई समेटेर संविधान संशोधन गर्दछौँ ।’

गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनु भयो । एमाले र काँग्रेसबीच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि