शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

Sunday July 12, 2026

पढ्न लाग्ने समय :


धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक महिला शनिवार बाघको आक्रमणमा परी घाइते भएकी छन्।

शनिवार बेलुका करिब ५ बजे घाँस शुक्लाफाँटा जंगलमा गएकी धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्। घटनालगत्तै स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो।
माया मेट्रो अस्पतालमा आवश्यक परीक्षण तथा उपचार भइरहेको छ। विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको तथा स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन भइरहेको उनले जानकारी दिए।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ। साथै, जंगल क्षेत्रमा घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलन गर्न जाँदा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।